माओवादी र नेसपा एकता प्रक्रिया अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय

माओवादी र नेसपा एकता प्रक्रिया अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ।दुई पार्टीको एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो।

बैठकमा पार्टी एकताका लागि दुवै तर्फको संगठनात्मक स्थिति बारे एक आपसमा जानकारी गराउने काम पनि भएको छ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरु महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको उपस्थिति रहेको थियो भने नेपाल समाजवादी पार्टीको तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवको सहभागिता रहेको थियो।

Logo