सुदूरपश्चिम: एकीकृत समाजवादीले लियो लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता

सुदूरपश्चिम: एकीकृत समाजवादीले लियो लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ।

मंगलबार एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएका हुन्।

उनले प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।

केन्द्रमा नयाँ सहमति भएपछि एकीकृत समाजवादीले समर्थन फिर्ता लिएको हो। नयाँ सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने भएको छ।

Skip This
Skip This
Logo