गगन थापाको प्रश्न: सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री एउटै हुन् कि होइनन् ?

गगन थापाको प्रश्न: सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री एउटै हुन् कि होइनन् ?

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहाकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् या हैनन् भनेर प्रश्न गरेका छन्।

मंगलबार संवाद यात्राका क्रममा कञ्चनपुर पुगेका महामन्त्री थापाले सहाकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् या हैनन् भनेर प्रश्न गरेका हुन्। उनले भने,‘अब सहकारी ठग्ने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर संसदीय छानबिन समिति बनाएर खोज्न पर्‍यो कि परेन?’

प्रहरीले सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि हैनन् भन्ने थाहा नपाएर प्रतिवादी बनाउन नसकेको बताउँदै उनले भने,‘प्रहरीले सरकारी वकिल कहाँ मुद्धा दर्ता गर्‍यो । मुद्धा दर्ता गर्दैगर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो। प्रहरीले केलाई आधार बनायो भने सहकारीमा ठगि गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने थाहा नभएकाले त्यो अनुसार प्रतिवादी बनाउन सकिएन।’

Logo