केबुलकार बनाउन पहल गर्छु: मन्त्री गिरी

केबुलकार बनाउन पहल गर्छु: मन्त्री गिरी

केन्द्रबिन्दु
12
Shares

रसुवा। कानून तथा संसदीय व्यवस्थामन्त्री पदम गिरीले नीति नियममा परिमार्जन गरेर भए पनि गोसाइँकुण्डमा केबुलकार निर्माण गर्न पहल गर्ने बताएका छन्।

गोसाइँकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप भलिबल खेल, १२ औँ रेडपाण्डा ट्राफिक तथा २९ वन्यजन्तु सप्ताहको आज धुञ्चेमा उद्घाटन गर्दै मन्त्री गिरीले सो कुरा बताएका हुन्।

मन्त्री गिरीले केबुलकारको कार्यविधि पारित गराउन आवश्यक पर्ने बुँदा समयसापेक्ष परिमार्जन गरी स्थानीयवासीको माग र आवश्यक्ता पुरा गर्न/गराउन आफू प्रतिबद्ध रहेको बताए।

कुनै पनि कार्य गर्दा वा गराउँदा जैविक विविधताको संरक्षणलाई ध्यानमा राखी गरिने उनको भनाइ छ। कानूनमन्त्री गिरीले आजै सीमावर्ती रसुवागढी क्षेत्रको भ्रमण गरी सीमाबाट वारिपारि आउजाउका विषयमा समेत जानकारी लिएका थिए।

Skip This
Skip This
Logo