प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री

केन्द्रबिन्दु
56
Shares

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो।

प्रधामन्त्रीसँगको भेटमा प्रदेशका विकासबारे छलफल गरेको मुख्यमन्त्रीकाे स्राेतले जनाएकाे छ। तर, गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Logo