नेता महतोको ठहर: अप्राकृतिक ढंगले नेपाल चलाउने काम भयो

नेता महतोको ठहर: अप्राकृतिक ढंगले नेपाल चलाउने काम भयो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले अप्राकृतिक ढंगले नेपाल चलाउने काम भएको ठहर गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित आफ्नै ‘अधुरा क्रान्ति’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै नेता महतोले अप्राकृतिक ढंगले नेपालको शासन, संविधान बनाउन र चलाउने काम भएको ठहर गरेका हुन्।

उनले भने, ‘यो देश कानुन बन्दाखेरी नै वान नेशन, वान स्टेटेड थेउरीमा नेपाल बनेकै थिएन। यहाँ जबरजस्ती नेपाल चलाउन खोज्यो। अप्राकृतिक ढंगले नेपालको शासन, संविधान बनाउन र चलाउने काम भयो। यो देश बन्दाखेरी नै विभिन्न पहिचानहरू मिलाएर बनेको नेपाल हो नि त। बाइसे, चौबिसे भनेको होइन। नेपाल बन्नुभन्दा पहिला त छुट्टै राज्य र पहिचान थिए नि। सबै पहिचान एक ठाउँ बनाएपछि नेपाल बनेको हो नि। नेपाल बन्यो राम्रो हो, हामी स्वाभिमानी भयौँ, पहिचान भयौँ, राम्रो हो। तर अधिकार र पहिचान मेटाइदिने त्यो त राम्रो भएन नि।’

Logo