लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेले टुंग्यायो मन्त्री

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेले टुंग्यायो मन्त्री

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ। मुख्यमन्त्री जोखबहादुर महराले आजै सबै दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

यसैबीच सत्ता साझेदार सबैभन्दा ठूला दल नेकपा एमालेले भने आफ्नो तर्फबाट सरकारमा सहभागी हुने ४ जना मन्त्रीको नाम टुंग्याएको छ। एमालेले अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

एमाले स्रोतका अनुसार ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने छन् ।

Logo