लुम्बिनी: एकीकृत समाजवादीबाट थपिए एक मन्त्री

लुम्बिनी: एकीकृत समाजवादीबाट थपिए एक मन्त्री

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको केही समयपछि पुन:मन्त्रिपरिषद् विस्तार भएको छ।

प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेको केही घण्टा नबित्दै पुन: मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले एकीकृत समाजवादीबाट भगवती चौधरीलाई विना विभागीय मन्त्री बनाएका छन्। चौधरीलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ।

मुख्यमन्त्री महराले यसअगाडि आजै एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक/एक मन्त्रालय पाउनेगरि मन्त्रिपरिषद् विस्तार गरेका थिए।

एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाउँदा दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्री बनेका हुन्।

उनीहरूको शपथ आज साँझ ५ बजे हुने बताइएको छ।

Skip This
Skip This
Logo