सत्ता जोगाउन अन्तत: एमालेले पनि समर्थन गर्‍यो सोडारीलाई

सत्ता जोगाउन अन्तत: एमालेले पनि समर्थन गर्‍यो सोडारीलाई

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गर्ने भएका छन्।

सोडारीले एमाले, माओवादी केन्द्रसहितका दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन्।

एमालेले सोडारीलाई समर्थन गर्न अनिच्छा देखाएपनि सत्ता गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको स्रोतले बताएको छ।

एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने भएपछि एमाले बाध्य भएर सोडारीलाई समर्थन गर्न पुगेको हो।

संविधानको धारा १६८ (२)अनुसार सोडारीले अपराह्न ४:३० बजे मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने एकीकृत समाजवादीले जनाएको छ।

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए।

Logo