सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीकाे दाबी पेश, एमाले र उन्मुक्तिकाे पनि समर्थन

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीकाे दाबी पेश, एमाले र उन्मुक्तिकाे पनि समर्थन

केन्द्रबिन्दु
84
Shares

सुदूरपश्चिम प्रदेश को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । सोडारीले बिहीबार दिउँसो नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी परेका गरेका हुन् ।

एमालेले सोडारीलाई समर्थन गर्न अनिच्छा देखाए पनि सत्ता गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको हो । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए। सोही समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तर प्रदेश प्रमुख मियाँले दुबै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनः मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।

 ५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्य बहाल छन्। त्यसमध्ये ४ जनामात्रै सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्री पाउन लागेको हो।

Logo