मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्रीसहित १ राज्यमन्त्रीले लिए शपथ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्रीसहित १ राज्यमन्त्रीले लिए शपथ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । मधेस प्रदेश सरकार विस्तार भएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार ३ मन्त्रीसहित १ राज्यमन्त्री नियुक्त गरेका छन्।

उनले माओवादी केन्द्रका युवराज भट्टराईलाई उद्योग तथा पर्यटन मन्त्रीमा नियुक्त गरेका हुन्। त्यस्तै, माओवादीकै भरतप्रसाद साहलाई विना विभागीय मन्त्री बनाएका छन्।

यस्तै, एकीकृत समाजवादीकी बेची लुंगेलीलाई पनि विना विभागीय मन्त्री बनेका छन्। राज्यमन्त्रीमा भने एमालेकी शारदा थापा गृह तथा सञ्चार राज्यमन्त्री बनेकी छिन्।

उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

Skip This
Skip This
Logo