एक थोपा रगत नबगाइ प्रादेशिक ढाँचालाई परिवर्तन गर्छौँ: उपसभापति वाग्ले

एक थोपा रगत नबगाइ प्रादेशिक ढाँचालाई परिवर्तन गर्छौँ: उपसभापति वाग्ले

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाट नै रास्वपाले अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गर्ने दाबी गरेका छन्।

काठमाडौंमा बिहीबार आयोजित इलाम संवाद कार्यक्रममा उनले प्रादेशिक ढाँचा बोझिलो र खर्चिलो भएकाले शान्तिपूर्ण विद्रोहबाट नै परिवर्तन गर्ने बताए।

उनले भने, ‘हामी संघीयताविरोधी होइनौँ। अहिलेको प्रादेशिक ढाँचा अलि बोझिलो भयो, खर्चिलो भयो। यो चाहिँ हामी सुधार गछौँ गर्छौँ। यो सबै भत्काउन आएका हैनौँ। वर्तमान व्यवस्थालाई नै सुधार संविधानमा लेखिएको धाराहरुमा टेकेर हामीले प्रादेशिक संरचना झ्यालैपिच्छे मन्त्रालय छ, ८ सय ८४ जना सांसद पालिरहेका छौँ। ५ सय ८५ सांसद त प्रदेशमा नै छन्। उनीहरुको काम देखिएको छैन। उथलपुथल नगरी यही सिस्टममा टेकेर एक थोपा रगत नबगाइकन शान्तिपूर्ण विद्रोहबाट नै हाम्रो संख्या र सामथ्र्य पुगेको दिन अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गछौं। ’

राजनीतिलाई पुरै समयको पेसा, कमाइ खाने भाँडोको रुपमा मात्रै हेर्न नहुने धारणा उनले राखे। युवा मात्र होइन समावेशी अनुहार पनि चाहिन्छ भन्ने उद्देश्य लिएर इलामको उपनिर्वाचनमा पार्टीले उम्मेदवार चयन गरेको उनले बताए।

Skip This
Skip This
Logo