सोडारीको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारमा एमाले तत्काल सहभागी नहुने

सोडारीको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारमा एमाले तत्काल सहभागी नहुने

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएसँगै एमाले तत्काल सरकारमा सहभागी नहुने भएको छ।

बिहीबार एमालेकै समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारी नेतृत्वको प्रदेश सरकारमा एमाले तत्काल सहभागी नहुने भएको हो।

आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले अहिलेलाई समर्थन गर्ने र सरकार बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छ।

एकीकृत समाजवादीका संसदीय दलका नेता रहेका सोडारी एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता पक्षको समूह र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

उनको केही बेरमा शपथ हुने कार्यक्रम रहेको छ। आज नै मुख्यमन्त्री सोडारीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सम्भावना रहेको छ।

Logo