संसद बैठक: वृद्धभत्ता ६५ वर्षमै दिइयोस्, लोक सेवा विज्ञापन खारेज गर

संसद बैठक: वृद्धभत्ता ६५ वर्षमै दिइयोस्, लोक सेवा विज्ञापन खारेज गर

केन्द्रबिन्दु
0
Shares

आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले बिभिन्न बिषयहरु उठाएका छन्।

नेपाली कांग्रेसका कोषाध्यक्ष सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेका हुन् ।शून्य समयमा बोल्दै यादवले भनिन्, ‘वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउन म जोडदार माग गर्दछु ।’

प्रमुख सचेतक खाँडले भने, ‘नेपालका ५२ जिल्लाका मानिसहरुको औसत उमेर नै ६५ वर्षभन्दा तल छ । त्यसकारण ७० वर्षलाई ६५ गराइयोस् भन्ने हाम्रो माग हो ।’ तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्षमा झार्ने निर्णय गरेको थियो ।
त्यस्तै कांग्रेस सांसदहरुले गम्भीर प्रकारका चार प्रकारका बिरामीलाई पाँच हजार भत्ता दिने घोषणा कार्यान्वयनको पनि माग गरेका छन् ।
त्यस्तै सांसदहरुले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गरेका छन् । सांसदहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गरेका हुन् । ।

सांसदहरुले संसद् सचिवालयमा कार्यरत कर्मचारीले प्रोत्साहन भत्ता ५० प्रतिशत पाउने गरेका तर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारीले प्रोत्साहन भत्ता नपाएको एक वर्ष भइसकेको हुँदा तुरुन्त कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजुको रकम रु २० अर्ब २६ करोड पुगेकामा चिन्ता व्यक्त गर्दै बेरुजु फछ्र्योटमा ध्यान दिन, सप्तरी जिल्लामा गत वर्ष हात्तीको आतङ्कबाट १९ जनाको मृत्यु भएको हुँदा हात्ती आतङ्क रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

Logo