जसपाबाट खानले लिइन् सांसदको शपथ

जसपाबाट खानले लिइन् सांसदको शपथ

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा) बाट प्रतिनिधि सभा सदस्यमा हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

खानलाई सभामुख देवराज घिमिरेले शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ गराएका हुन्।

जसपाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि उनको स्थानमा जसपाले खानको नाम सिफारिस गरेको थियो।

Logo