बर्षौँको धुलो टकटक्याउन समय लाग्छ: सभापति लामिछाने

बर्षौँको धुलो टकटक्याउन समय लाग्छ: सभापति लामिछाने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बर्षौको धुलो टकटक्याउन समय लाग्ने बताएका छन्।

शुक्रबार इलाम-२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सानो माछा होस् वा ठूलो माछा होस् पक्रिन सकिनेभन्दै बर्षौको धुलो टकटक्याउन समय लाग्ने बताएका हुन्।

उनले भने, ‘आज हामीले देशभरको सरकारी जमिन हडपेर गैरकानूनी रुपमा धन्दा गरेका ठाउँलाई सबै ठाउँमा शिल गर्नको लागि हामीले परिपत्र जारी गरेका छौँ। तर, भोलिपल्ट समाचारमा के आउँछ मलाई थाहा छैन। सानो माछा होस्, ठूलो माछा होस् पक्रिन सकिन्छ, बर्षौँको धुलो टकटक्याउन समय लाग्छ। तर, हामीलाई त्यति समय लाग्दैन जति तपाईंहरुले सोच्नुभएको छ। हामीलाई सरकारमा किन गएका छौँ भन्ने स्पष्ट थाहा छ। अर्बौँ खर्बौँको भ्रष्टाचारको फाइललाई एकातिर लुकाएर यि नयाँ पनि त्यस्तै हुन् भन्ने कुरा तपाईंहरुलाई बुझाएर भन्न खोजिएको छ। त्यसैले आजको जनता सचेत छन्, विवेक पुर्याउँछौं।’

Logo