म संविधानभन्दा एक इन्च पर जान्नँ, संकल्प प्रस्ताव फिर्ता लिनुस्ः मुख्यमन्त्री कार्की

म संविधानभन्दा एक इन्च पर जान्नँ, संकल्प प्रस्ताव फिर्ता लिनुस्ः मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प बहुमत र अल्पमतको नहुने बताएका छन्। उनले अल्पमत र बहुमतको विषयमा संसदमा प्रस्तुत भएको संकल्प प्रस्तावको विषयमा कुनै टिका टिप्पणी नगर्ने बताएका हुन्।

उनले संकल्प प्रस्तावको छलफलमा प्रदेशसभामा जवाफ दिँदै आफू संविधानभन्दा बाहिर नरहेको र संविधानको हरेक धारा धाराको पालना गर्ने बताए। उनले संविधानको धाराबाटै आफूले निकास दिने बताए।

संविधानको धाराभन्दा एक इन्च पनि पर नजाने भन्दै संकल्प प्रस्ताव फिर्ता लिन उनले आग्रह गरे। उनले सदनमा कहिले यता कहिले उता हुँदा हुँदा थाकेको बताए। उनले आफू मध्यावधि रोक्नका लागि मुख्यमन्त्री भएको बताए।

रोस्ट्रममा बोल्दै उनले आफू मुख्यमन्त्री बन्ने बेलामा दलको लेटर प्याडमा र पार्टीको झन्डामा नबनेको बताए। उनले मध्यावधि रोक्नका लागि मुख्यमन्त्री भएकाले मध्यावधिका विषयमा कुरा गर्नु नै बेकार हुने बताए।

Logo