हामी तुलनात्मक रूपमा अनुकूल परिस्थिति आइपुगेका छौँ: अध्यक्ष ओली

हामी तुलनात्मक रूपमा अनुकूल परिस्थिति आइपुगेका छौँ: अध्यक्ष ओली

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले तुलनात्मक रूपमा अनुकूल परिस्थिति आइपुगेको बताएका छन्।

शनिबार गोदावारीमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै एमाले तुलनात्मक रूपमा अनुकूल परिस्थिति आइपुगेको बताएका हुन्।

उनले भने, ‘पार्टीको दशौँ महाधिवेशन त्यसभन्दा अगाडि पार्टी विभाजन लगत्तै हामीले आयोजना गरेको विधान महाधिवेशन यो अवधि र पार्टी विभाजन र हामीलाई सरकारबाट हटाइँदाको अवस्था ७७ साल कम चुनौतीपूर्ण थिए। महाधिवेशनपछि पार्टी विभाजन सरकारबाट षड्यन्त्रपूर्ण विस्थापन घेराबन्दी पार्टीका विरुद्ध भ्रमपूर्ण प्रचार र आक्रमणका माध्यमबाट पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज हामी तुलनात्मक रूपमा अनुकूल परिस्थिति आइपुगेका छौँ।’

Skip This
Skip This
Logo