कांग्रेसलाई ओलीकाे कटाक्ष- गृहमन्त्रीमाथि कांग्रेसले प्रतिशोधको राजनीति गर्दैछ [प्रतिवेदनसहित]

कांग्रेसलाई ओलीकाे कटाक्ष- गृहमन्त्रीमाथि कांग्रेसले प्रतिशोधको राजनीति गर्दैछ [प्रतिवेदनसहित]

केन्द्रबिन्दु
126
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्ष दल नेपाली कांग्रेस अचानक सत्ताबाट बाहिरिनुपर्दा प्रतिशोधको राजनीतिमा पुगेको टिप्पणी गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै अध्यक्ष ओलीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा कांग्रेससँग प्रश्न उठाउने नैतिक अधिकार नभएको उल्लेख गरेका हुन् । कांग्रेसले एमाले‍-माओवादी नेतृत्वको गठबन्धन भत्काउन रास्वपालगायत केही दलहरूलाई प्रधानमन्त्रीको प्रस्तावसमेत गरेको उनको दाबी छ।

‘फागुन २१ गतेबाट सुरु भएको नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास गर्‍यो। त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरूलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्‍यो। तर, कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरू नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ ऊ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ। यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्कसंगत आधार छैनन् ।’ प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका बचतकर्ताहरुको अर्बौं रकम हिनामिना भएको विषयमा गम्भीर छानबिन गरी दोषीहरुलाई कानूनी कारबाही गरिनुपर्ने पनि उनकाे माग छ ।

हेर्नुहाेस्, राजनीतिक प्रतिवेदन

Logo