कम्युनिष्ट पार्टीहरुलाई भीम रावलको कटाक्ष- ‘सधैं सत्ता केन्द्रित भइरहने ?’

कम्युनिष्ट पार्टीहरुलाई भीम रावलको कटाक्ष- ‘सधैं सत्ता केन्द्रित भइरहने ?’

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । एमाले नेता भीमबहादुर रावलले देशका कम्युनिष्ट पार्टीहरु सत्ता केन्द्रित मात्रै भएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले कम्युनिष्ट पार्टीहरु सत्ता केन्द्रित मात्रै भइरहँदा संविधानमा उल्लिखित समाजवादउन्मुख प्रणालीको रुपरेखा समेत नदिएको बताएका हुन् ।

उनले भने, ‘कतिपय कम्युनिष्ट पार्टीहरुले देशको स्वाधीनताको रक्षा गर्ने भन्ने आज के भएको छ ? दुई तिहाइको सरकार बने, कम्युनिष्ट पार्टी बने, यत्रो छलफल २४ औं घण्टा बाह्रैमास सत्ता सत्ता सत्ता । बुद्धचित्तको माला जस्तै त्यो बाहेक खै छलफल ? समाजवादी व्यवस्था ल्याउन कुनै पहल व्यवस्था गर्न त पर जाओस्, नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख प्रणालीको रुप रेखा समेत नदिने ?’

उनले राष्ट्रिय स्वतन्त्रताको आचरण र व्यवहारमा जसले उल्लंघन गर्छ त्यसलाई संघीय कानुन बमोजिम दण्डीत गर्ने भनेको भए तापनि प्रधानमन्त्रीले त्यो कानुन किन ल्याउन नसकेको भन्दै प्रश्न गरे ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन नै बनाउन नसकेको र दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको पनि उनले बताए । काम गर्न नसक्नेलाई पत्याउने आधार कमजोर बनेको उनको जिकिर छ ।

वर्तमान सत्ता गठबन्धनमा तीन कम्युनिष्ट पार्टीहरु छन् । माओवादी, एमाले र एकीकृत समाजवादीको गठबन्धन बनेपछि हालै कांग्रेस सत्ताबाट बाहिरिएको हो । एमालेमै फरक मतका नेता मानिने रावलले कुनै पनि दलको नाम नलिइ बामपन्थी दलहरुलाई सत्तालिप्सा नघट्दा काम गराइ इमानदार हुन नसकेको भन्दै कटाक्ष गरे ।
उनले भने,‘राष्ट्रिय स्वतन्त्रताको आचरण र व्यवहारमा जसले उल्लंघन गर्छ त्यसलाई संघीय कानुनबमोजिम दण्डीत गर्ने भनेको छौं । प्रधानमन्त्रीले त्यो कानुन किन ल्याएको ?

त्यति त नगर्नेले कम्युनिष्ट पार्टीको बाटो पछ्याइरहन्छ र अनि उसले चाहिँ कम्युनिष्ट विरोधीहरुसँग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थिति नै बनेन ।’ दलहरुले आफूलाई कम्युनिष्ट भनिरहँदा कम्युनिष्ट जसरी साख जोगाउने काम गर्न नसकेको उनले बताए ।

Logo