एमाले अध्यक्ष ओली अस्वस्थ्य

एमाले अध्यक्ष ओली अस्वस्थ्य

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्। अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरहेका छन्।

अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको प्रमुख गौतमले जानकारी दिए।

Logo