काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सरकारको लक्ष अनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गरे ।
बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्ने मा नै अन्योल देखिएको तर्क गरे । बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निरासाजनक भएको टिप्पणी गरे ।
बहुमतको सरकारले मुलुकको आर्थिक विकासका लागि निरन्तरतामा क्रम भंग गरि रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गरे ।
उनले सम्मुन्त अर्थतन्त्रका लागि पर्यटन, राजश्व परिचालन लगायत क्षेत्रमा प्रभावकारी सुधार आउन नसकेको बताए । उनले बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरे खुसी हुँ कि दुखी हुँ भनी प्रश्न गरे । उनले भने, “म जस्तो एउटा व्यक्ति सांसद भएर खुसी हुँ कि नागरिक भएर दुखी हुँ ? खुसी हुँ कि दुखी हुँ । म अलमलमा परेको छु । ”





























प्रतिक्रिया