नेपाली कांग्रेसका सांसद गगन थापाले बढ्दो वृद्धभत्ताको बिरोध गरेका छन्।
नेकपाका महासचिव विष्णु पौडेललाई इंगित गर्दै सांसद थापाले भने, ‘एक जना बलवान् सांसदले जसले बालुवाटारको जग नै हल्लाइदिन सक्नुहुन्छ उहाँले हिजो यहाँ उभिएर चुनौती दिनुभयो। वृद्धभत्ताबारे बोल्ने हिम्मत छ’, थापाले जवाफ फर्काउँदै भने, ‘मेरो हिम्मत छ।’
प्रतिनिधिसभाको बैठकमा सोमबार बजेट छलफलमा धारणा राख्ने क्रममा पौडेलले वृद्धभत्ता बढेको विषयमा विरोध गरेर देखाउन चुनौती दिएका थिए।
उनले आफूले विगतमा पनि शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने र ५ हजार पुर्याउने निर्णयको विरोध गरेको उदाहरण पेश गरे। ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बिदा लिँदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ता पुर्याउँछु भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाँइदैन भनेर विरोध गरेको मात्र होइन। कानुन बनाउँदै गर्दा ७० वर्षलाई आधार वर्ष बनाउनुपर्छ उमेर झार्न पाइन्न भनेर संशोधनकर्ता सांसद हुँ म’, थापाले भने।
उनले सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन गैरनगद प्रबन्धबाट तीन हजारमात्र हैन तीस हजारको सुविधा प्रदान गर्न सकिने पनि बताए ।





























प्रतिक्रिया