पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘गणतन्त्र गौरव’बाट सम्मानित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘गणतन्त्र गौरव’बाट सम्मानित

केन्द्रबिन्दु
70
Shares

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रुपमा पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

आइतबार सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो ।

मुलुकको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको हो ।

Logo