विराटनगर । विराटनगर महानगरपालिकाले कोइराला निवासको सुरक्षामा नगर प्रहरी खटाएको छ । केन्द्र सरकारले प्रहरी युनिटलाई फिर्ता बोलाएको छ । प्रहरी फिर्ता भएको पाँच दिनपछि महानगरले २ जना नगरप्रहरी खटाएको हो ।
२०५४ सालयता प्रहरीको सानो टुकडी कोइराला निवासको सुरक्षाका लागि खटिएको थियो । सरकारले बिहीवार सुरक्षाकर्मी फिर्ता बोलाएको थियो । सुरक्षाकर्मीको उपस्थिति नहुँदा ऐतिहासिक धरोहर मानिएको कोइराला निवास असुरक्षित बनेको भन्दै सुरक्षाको लागि नगरप्रहरी खटाएको मेयर भीम पराजुलीले जानकारी दिए । अब महानगरले निरन्तर सुरक्षा प्रदान गर्ने मेयर पराजुलीको भनाइृ छ ।
कोइराला निवास सवैका लागी ऐतिहासिक घर हो । सरकारले घरलाई दिँदै आएको सुरक्षाकर्मी एकाएक हटाइदिएपछि देशभरीका कांग्रेसजन क्रोधित बनेका थिए । उनीहरुले आफूहरुको आस्थामाथि सरकारले धावा बोलेको निश्कर्ष निकालेका छन् ।
विभिन्न समयका तीन प्रधानमन्त्री दिने निवासलाई दुई दशकदेखि सशस्त्र प्रहरीको एक टुकडीले सुरक्षा दिँदै आएको थियो । सशस्त्र द्वन्द्वका बेला २०५४ सालमा निवासको एक छेउमा सुतली बम विस्फोट गराइएपछि सशस्त्र प्रहरीले सुरक्षा दिन थालेको थियो ।





























प्रतिक्रिया