एमालेलाई देउवाको प्रश्न: मलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन?

एमालेलाई देउवाको प्रश्न: मलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन?

दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुपर्‍यो तपाईंहरूले

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले आयोजना गरेको एक कार्यक्रममा आफूलाई गाली गर्नेहरूले मदन भण्डारीको हत्यारा किन खोज्न नसकेको भन्दै प्रश्न गरेका छन्।

एमालेले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार आयोजना गरेको हीरक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले आफूलाई गाली गर्नेहरूले मदन भण्डारीको हत्यारा किन खोज्न नसकेको भन्दै प्रश्न गरेका हुन्।

उनले भने,‘म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई कांग्रेसलाई गाली गर्नसम्म गर्नुभयो। अब मैले जवाफ दिन परिहाल्यो। मलाई गाली गरेको गर्‍यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस्। मदन भण्डारीको ड्राइभर पनि मारियो। मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन? कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन? दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुपर्‍यो तपाईंहरूले।’

Logo