कुलमानमाथि अख्तियार लगाउँन नेकपा सांसदको माग

कुलमानमाथि अख्तियार लगाउँन नेकपा सांसदको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा सांसदले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियार लगाउन माग गरेका छन् । पूर्व उद्योग मन्त्री समेत रहेका सांसद महेश बस्नेतले घिसिङलाई अख्तियार लगाएर छानबिन गर्नुपर्ने बताएका हुन् ।

मंगलबार बजेटमाथिको छलफलका क्रममा संसदमा बोल्दै उनले सार्वजनिक लेखा समितिले पनि घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् । प्राधिकरणले ९ अर्ब बढी बक्यौता नउठेको विषयमा नेकपा सांसद अमनलाल मोदीले प्रश्न सोध्दा नानाथरी आरोप लगाएको भन्दै घिसिङमाथि छानविन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि नगरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको छ । यी कुरा उठाउँदा मोदीमाथि सामाजिक संजालले तल्लो स्तरमा ओर्लेर गाली गरेको सुनियो ।’

उनले घिसिङले पनि उक्त गाली गलौचलाई बढावा दिएको बताउँदै भने, ‘कुलमानजीले पनि मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पाइयो । कुलमानजीले गरेका काममा हाम्रो साथ सहयोग र समर्थन छ । मोदीजीले उठाएका विषय गम्भीर छन् ।’

झुण्डिएर मर्ने कुलमानको चेतावनी

Skip This
Skip This
Logo