काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालत परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सोमबार मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध रिट निवेदन सुनुवाइका लागि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्नुका साथै सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयसहित कागजातको सक्कल प्रतिसहित लिखित जवाफ माग गरेको छ।
अर्को पेशी बैशाख २३ गतेका लागि तोकिएको छ।
आइतबार सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन्।
आफूलाई मूख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका उनले दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशकोसमेत माग गरेका थिए।
प्रतिक्रिया