प्रतिक्रियावादीले कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न खोजे: अध्यक्ष वैद्य

प्रतिक्रियावादीले कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न खोजे: अध्यक्ष वैद्य

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्यले प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजेको बताएका छन्।

१५५ औँ लेनिन जयन्तीको सन्दर्भमा सोमबार आयोजित साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले आज सत्तामा कम्युनिष्ट नभएको भन्दै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम मात्र गर्न खोजेको बताए।

उनले भने,‘आज सत्तामा कम्युनिष्ट छैन्, सबै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम गर्ने काम गरेका छन्। हाम्रो भनाइ भनेको ती कम्युनिष्ट होइनन्। उनीहरुले कम्युनिष्टको नाम जप्छन् मात्रै।’

कम्युनिष्ट आन्दोलन कमजोर भएको छ भए पनि लगातार काम गर्ने हो भने सफल हुने उनको भनाइ छ। यस्तै, उनले दक्षिणपन्थी अवसरवादीहरुले कम्युनिष्टको झण्डा चोरेर माक्र्सवाद, लेनिनवाद र माओवादको नाम जपेर संसदवाद र प्रतिक्रियवादको खेती गरिरहेको पनि बताए।

Skip This
Skip This
Logo