लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याउँदै

लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याउँदै

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

अनुदान स्वीकृति, टोली गठन, सरुवा र नियुक्ति पदस्थापन लगायतका नौ वटा विषयमा विभिन्न निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी छन्। लगानी सम्मेलनलाई ध्यानमा राख्दै सरकारले विदेशी लगानी ल्याउन सहज हुनेगरि केही कानुनहरु संशोधन गर्ने भएको हो।

वैशाख १५ र १६ मा काठमाडौंमा हुने नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२औं बैठकको वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गर्ने र उक्त बैठकमा सहभागी हुन मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार सरकारले कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीस फ्रयांक बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सांस्कृतिक संस्थानको रिक्त सञ्चालक पदमा काठमाडौं निवासी पूजा श्रेष्ठलाई चार वर्षका लागि मनोनयन गर्ने निर्णय गरेको छ।

Logo