कर्णालीमा सरकार बनेको दुई सातापछि मन्त्रिपरिषद् विस्तार हुँदै, मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

कर्णालीमा सरकार बनेको दुई सातापछि मन्त्रिपरिषद् विस्तार हुँदै, मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

केन्द्रबिन्दु
70
Shares

कर्णालीमा सरकार बनेको दुई सातापछि सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।

नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मंगलबार मात्रै दलहरुबीच प्रारम्भिक भागबण्डा मिलेको छ । बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने र बिहीबार नै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रले पहिलो् चरणमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा भने अहिले कुनै निर्णय भएको छैन । हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद परियार यसअघि पार्टीको प्रमुख सचेतक थिए । बुधबार विहान बसेको माओवादी दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ ।

Logo