विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छ: मन्त्री भण्डारी

विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छ: मन्त्री भण्डारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएका छन्।

खानी तथा भूगर्भ विभाग र महिला पत्रकारको समूह सम्बाहिका समाज नेपालले गोरखा भूकम्पको सम्झनामा आज खानी विभाग लैनचौरमा आयोजना गरेको बृहत् फोटो प्रदर्शनीको शुभारम्भ गर्दै उनले भूकम्पका बारेमा सचेत र सजग बनाउनका लागि विद्यालयको पाठ्यक्रममा जानकारी राखिनुपर्ने बताएका हुन्।

“भूकम्पले पुर्याएको क्षतिबारे व्यक्तिले बिर्सन सक्छ, तर राज्यले बिर्सन मिल्दैन, विद्यालयको पाठ्यक्रममा भूकम्पबारे जानकारी दिन सरकारकातर्फबाट मैले पहल गर्छु”, उनले भने। उनले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएकाले भूकम्पको विस्तृत अध्ययन गर्दै पूर्ण सावधानी अपनाउनु जरुरी रहेको उनको भनाइ थियो।

Skip This
Skip This
Logo