लुम्बिनी: विना विभागीय मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी: विना विभागीय मन्त्रीले पाए जिम्मेवारी

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा रहेका विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन्।

प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले ७ जना विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका हुन्।

एमालेबाट मन्त्री रहेका भूमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी मन्त्रालय, दिनेश पन्थीलाई आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालय, अर्जुन केसीलाई वन तथा वातावरण मन्त्रालय र रत्नबहादुर खत्रीला सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, स्वतन्त्र सांसद बस्नेतलाई पर्यटन उद्योग तथा सहकारी मन्त्रालय र एकीकृत समाजवादीका भगवती अधिकारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस अगाडि एमालेका चेतनारायण आचार्यले अर्थ, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य र मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आफैँसँग राखेका छन्।

Logo