बाबुरामको आरोप: प्रचण्डले मविरुद्ध अशोभनीय हर्कत गर्दैछन्

बाबुरामको आरोप: प्रचण्डले मविरुद्ध अशोभनीय हर्कत गर्दैछन्

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा–२ दिई चुनाव जिताएर नि:स्वार्थ सहयोग गरेपनि अहिले प्रचण्डले आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको आरोप लगाएका छन्।

प्रचण्डलाई गोरखा–२ दिएकोमा मतदाता आफूसँग असन्तुष्ट र गुनासो गरेको पनि संयोजक डा।भट्टराईले बताए। भट्टराईले आफ्नै उक्त निर्णयमा मतदाता र पार्टीका नेताकार्यकर्तासँग क्षमा मागेका छन्।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘परन्तु निर्वाचनयता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई नि:स्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्ता स्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलबाड गरिरहेकोलगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन।’

कहिलेकाहीँ असल मनशायले गरेको कामको गलत परिणाम आउँछ र जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउन नहुने डा.भट्टराईको भनाइ छ।

Logo