नागरिक उन्मुक्ति पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदै

नागरिक उन्मुक्ति पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदै

केन्द्रबिन्दु
238
Shares

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)केन्द्रीय सरकारमा पनि सहभागी हुने भएको छ ।

बालुवाटार स्रोतका अनुसार नाउपाले केही दिनभित्रै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको हो । नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने सहमति भएको छ । हाल भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी सत्तारुढ दल एमालेका बलराम अधिकारीले सम्हालिरहेका छन् । उनको स्थानमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीनिकट अरुण चौधरीलाई पठाउने तयारी छ ।

Logo