सहकारी समस्या समाधानको प्रक्रिया तुरून्त सुरू गर्ने मन्त्रिपरिषद्‍को निर्णय

सहकारी समस्या समाधानको प्रक्रिया तुरून्त सुरू गर्ने मन्त्रिपरिषद्‍को निर्णय

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सहकारीका समस्या समाधानको प्रक्रिया तुरून्त सुरू गर्ने निर्णय मन्त्रिपरिषद्‍को बैठकले गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीका समस्या समाधानको प्रक्रिया तुरून्त सुरू गर्ने निर्णय हो।

सरकारका प्रवक्ता रेखा शर्मा मन्त्रिपरिषद्‍को निर्णयबारे जानकारी दिँदै भने,‘मुलुकभर सहकारी समस्याका बारेमा कुरा उठेको छ। सहकारीबारे आज मन्त्रिपरिषद बैठकमा पनि गम्भीरतापूर्वक छलफल भयो। तत्काल कानूनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने निर्णय भएको छ।’

Logo