सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारी संसदमा आफू चारपटक लडिसकेको भन्दै ज्यान जोगाइदिन सभामुखको ध्यानाकर्षण गराएका छन् ।
आइतबार शून्य समयमा बोल्दै सांसद अधिकारीले संसद सचिवालयलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको भन्दै सभामुख समक्ष गुनासो गरे ।‘सभामुखज्यू, कुर्सीबाट चारपटक लडिसके । संसद सचिवालयको ध्यानाकर्षण गराउँदा सुनुवाई भएन । अब त भन्नै पर्ने भयो ज्यान जोगाइ पाउँ’, अधिकारीले संसदमा भने ।
उनले भाँचिएको कुर्चीको टुक्रा देखाउँदै भने ‘अहिलेसम्म दुर्घटना भएको छैन, बचिएको छ । तर कति पटक भन्नु पर्ने हो ? संसद सचिवालयले आगामी दिनमा यस्ता कुर्ची नराखियोस् यो त धराप भयो ।’ सभामुख कृष्णबहादुर महराले उक्त विषयमा गम्भीर रुपले ध्यानाकर्षण भएको बताए ।





























प्रतिक्रिया