काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये सरकारले आफैंले फिर्ता लिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सात महिनापछि पुनः मंगलबार जारी गरेको छ । कहिले विपक्षी दलका नेता त कहिले सभामुख अनुपस्थित हुँदा संवैधानिक आयोगका ४५ भन्दा बढी पदमा नियुक्तिको काम अड्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्स लिएर नै अध्यादेश ल्याएका हुन् । तर, अध्यादेश जारी भएसँगै नेकपा भित्रको विवाद झनै उत्कृर्षमा पुग्ने संकेत देखिएको छ ।
संवैधानिक परिषदको बैठकको गणपुरक संख्या सम्बन्धी सरकारले अध्यादेशमार्फत संविधान संशोधन गरेपछि राजनैतिक तथा कानून वृतमा हलचल मच्चिएको छ । राजनीतिक दल तथा दलका नेताहरूले यसलाई प्रधानमन्त्रीको गलत कदम भएको भन्दै तत्काल अध्यादेश खारेजीको माग अघि सारेका छन् भने, कानूनविदहरुले यसलाई संविधान माथिको जालसाजी भएको टिप्पणी गरेका छन् ।
अष्ट्रेलियामा हुने २०२२ को ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले सिधै आईसीसी ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ । आईसीसी पुरुष ट्वान्टी–२० वरियाताअनुसार नेपाल, सिंगापुर, युनाइटेड अरब इमिरेट्स र जिम्बाब्वेले सिधै ग्लोबल छनोट प्रतियोगितामा स्थान बनाएका हुन् ।
नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर आज राष्ट्रधाक्षद्वारा क्षमा पुजा गरेसँगै सर्वसाधारणका लागि बुधबारदेखि खुल्ला गरिने भएको छ । तथापि, रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु नहुने पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।
उखु किसानहरूले चिनि उद्योगीहरूबाट पाउनु पर्ने बक्यौता रकमको भुक्तानीका लागि मंगलबार पनि प्रदर्शन जारी राखेका छन् । सोमबार उद्योगमन्त्री लेखराज भट्टबाट नक्कली किसानहरूको आन्दोलन रहेको प्रतिक्रिया दिएसँगै मंगलबार किसानहरू प्रमाणसहित प्रदर्शन उत्रिए । यसैक्रममा गृह मन्त्रालयले चार चिनी उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएको छ ।































प्रतिक्रिया