संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी

संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सभामुख र प्रमुख प्रतिपक्षीदलका नेता बिना नै संवैधानिक परिषद् बैठक बालुवाटारमा जारी छ ।

आज बिहान बोलाइएको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक साँझ सम्मका लागि स्थगित भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छिन् । सो अध्यादेशले ६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या घटाएको छ ।

आज बिहानको बैठकमा भाग लिएका शेर बहादुर देउवा अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको बैठकमा उपस्थित भएनन् ।

त्यस्तै सभामुख अग्निप्रसाद सापकोटा पनि उपस्थित भएका छैनन् । पछिल्लो बैठकमा प्रधानन्याधिस चोलेन्द्र शमशेर जवरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती रहेको छ ।

Logo