इलाम २: मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

इलाम २: मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । हिजो (शनिबार)इलाम-२ मा सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट सुरु हुने भएको छ ।

सबै मतदान केन्द्रका मतपेटिका शनिबार अबेर राति मतगणना स्थलमा आइपुग्दा मतगणना आज बिहानदेखि सुरू हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार अब केही बेरमा सर्वदलीय बैठक बस्ने र त्यसपछि गणना कार्य सुरु हुनेछ

मतगणना इलामको गौतम बुद्ध सभागृहमा हुने छ।

शनिबार इलाम-२मा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।

Logo