बझाङका मतपेटिका ल्याउन सेनाको हेलिकप्टर

बझाङका मतपेटिका ल्याउन सेनाको हेलिकप्टर

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनमा बझाङका मतपेटिका मतगणना स्थलसम्म ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ।

बझाङ प्रदेश सभा १ को १ मा सम्पन्न हिमाली क्षेत्रको मतपेटिका शनिबार नै ल्याउने तयारी भएपनि मौसम खराबीका कारण आज केही बेर अगाडि सेनाको हेलिकप्टर पठाइएको निर्वाच आयोगले जनाएको छ।

मतपेटिका ल्याइएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरू हुनेछ।

बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान भएको थियो।

७४ वटा मतदानस्थलमा रहेका बझाङमा ९३ केन्द्रमा मतदान भएको थियो।

Logo