बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न हुँदा एमालेले लियाे अग्रता

बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न हुँदा एमालेले लियाे अग्रता

केन्द्रबिन्दु
33
Shares

चैनपुर (बझाङ) । १६ वैशाखः बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले तीन सय ८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको नौ मतप्राप्त गरेका छन् ।

२८ मत बदर भएका छन् ।

Skip This
Skip This
Logo