इलाम २ः सुहाङले उछिने डम्बरलाई, तेस्राेमा भिड्दै डकेन्द्र र मिलन

इलाम २ः सुहाङले उछिने डम्बरलाई, तेस्राेमा भिड्दै डकेन्द्र र मिलन

केन्द्रबिन्दु
336
Shares

इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना सम्पन्न हुँदा नेम्वाङले कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई उछिनेका हुन् । नेम्वाङले दुई हजार ५४२ मत पाउँदा खड्काले दुई हजार १९७ मत पाएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।

Logo