इलाम २ सुहाङ नेम्वाङले बढाए मतान्तर, पछि परे डम्बर

इलाम २ सुहाङ नेम्वाङले बढाए मतान्तर, पछि परे डम्बर

केन्द्रबिन्दु
336
Shares

इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।

इलाम क्षेत्र नम्बर २ फाकफोकथुम गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिँदा नेम्वाङले कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई झण्डै ८ सय मतले पछि पारेका हुन् । नेम्वाङले तीन हजार २४९ मत पाउँदा खड्काले दुई हजार ४६९ मत पाएका छन् ।

सुरुवातदेखि कांग्रेसका डम्बर खड्काले अग्रता बनाएका थिए । तर ४ नम्बर र ५ वडाको मत गणनापछि एमालेका सुहाङले ७८० मतको फराकिलो अग्रता बनाएका हुन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ६९६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।

Logo