बझाङमा एमाले ९ मतले अघि

बझाङमा एमाले ९ मतले अघि

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । बझाङ प्रदेश सभा १ को १ मा उपनिर्वाचनको मतगणनामा एमाले ९ मतले अघि बढेको छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन् । अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ ।

यस्तै, माओवादी केन्द्रका उम्मेद्‍वार जनक बुढाले ३ हजार ५८७ मत प्राप्त गर्दा एसका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ३९२ मत प्राप्त गरेका छन्।

Logo