इलाममा रास्वपाका उम्मेद्‍वारसहित १६ जनाको जमानत जफत

इलाममा रास्वपाका उम्मेद्‍वारसहित १६ जनाको जमानत जफत

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १६ जना उम्मेद्‍वारको जमानत जफत भएको छ।

गत १५ गते भएको प्रतिनिधि सभा उपनिर्वाचनको मतपरिणाम आएसँगै रास्वपाका उम्मेद्‍वार मिलन लिम्बुसहित १६ जना उम्मेद्‍वारको जमानत जफत भएको हो।

रास्वपाका लिम्बुसँगै एकीकृत समाजवादी जितबहादुर राई, राप्रपाका लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुसहित १६ जना उम्मेद्‍वारको जमानथ जफत भएको हो।

निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था छ।

इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो। ६९ हजार ३७४ मत खसेकोमा ९०२ मत बदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ।

रास्वपाका लिम्बु चौथो स्थानमा रहँदै पाँच हजार ५० मत मात्र ल्याए।

इलाम–२ बाट एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेद्‍वार डम्बर खड्कालाई पराजित गरेका हुन्।

Skip This
Logo