इलाममा एमालेले विजयोत्सव सभा गर्ने, अध्यक्ष ओ‌ली जाँदै

इलाममा एमालेले विजयोत्सव सभा गर्ने, अध्यक्ष ओ‌ली जाँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा (एमाले)ले आज विजय सभा गर्ने भएको छ।

शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ। दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए।

नेम्बाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए।

Skip This
Skip This
Logo