काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् ।
आज बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक साँझ सम्मका लागि स्थगित भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छिन् । सो अध्यादेशले ६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या घटाएको छ ।
आज बिहानको बैठकमा भाग लिएका देउवा अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको बैठकमा उपस्थित नहुने भएका हुन् ।





























प्रतिक्रिया