गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिन मुख्यमन्त्री अधिकारीको आग्रह

गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिन मुख्यमन्त्री अधिकारीको आग्रह

केन्द्रबिन्दु
70
Shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिनुपर्ने बताएका छन् ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा आज आयोजित तृतीय प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री अधिकारीले कृषि र पशुपालनलाई अगाडि नबढाउँदासम्म गरिबी हटाउन नसकिने बताएका हुन् । गण्डकी प्रदेशलाई मासु, माछा, अण्डा, दूधलगायतमा पूर्ण आत्मनिर्भर बनाउँदै निर्यात गर्न सक्ने अवस्थामा लैजाने उनले बताए ।

किसान तथा उपभोक्ताको हितका लागि विचौलियाको अन्त्य हुनुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री अधिकारीले यसको समाधानका लागि पशुपालक किसान र उपभोक्ताबीचमा सरकारले पुलको काम गर्न आवश्यक भएको उल्लेख गरे । विचौलियाका कारण किसानलाई लागत खर्च उठाउन मुस्किल हुँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था तथा उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

स्थानीय तथा प्रदेश सरकारले न्यूनतम समर्थन मूल्य तोकेर मासु खपत गराउने र बजारसम्म पुर्याउने काम गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीले जोड दिए । मासु तथा दुग्धजन्य पदार्थ उत्पादन गरेपछि बेच्ने कहाँ भन्ने चिन्तासमेत हुने गरेकाले बजारीकरणसहित बजारको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

गण्डकी प्रदेशमा दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र बन्दै गरेका कारण त्यसलाई थप परिपक्व बनाउनका लागि सुझाव दिन मुख्यमन्त्री अधिकारीले आग्रह गरे ।

Logo