बुटवल । बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा छरिएको छ । नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डे नेतृत्वको टोलीले बुटवल मण्डपमा करिब तीन सय पर्चा छरेको हो ।
बालुवाटार जग्गामा मुछिएका पौडेललाई कारबाही गर्न माग गर्दै पर्चा छरिएको नगर सभापति पाण्डेले जानकारी दिए । बुटवल मण्डपमा पौडेलले बुटवल प्रर्दशनी केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचनअघि नै प्रदर्शनी केन्द्रको निर्माणको नक्सासमेत तयार भएको र बुटवल नगर सर्वदलीय बैठकबाट पारित भइसकेको भन्दै नगरसभापति पाण्डेले अहिले प्रचारका लागि शिलान्यास गर्न लागिएको दाबी गरे । उनले कांग्रेस प्रदर्शनी केन्द्र निर्माणको पक्षमा रहेको बताए ।





























प्रतिक्रिया